दल

नेविसंघको केन्द्रीय समितिमा असन्तुष्टि जनाउँदै एलिजा र मुकेशले गरे समितिमा नरहेको घोषणा

इकागज |
साउन ३०, २०८० मंगलबार १२:५१ बजे

काठमाडौँ– नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा मनोनित एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिप्रति असन्तुष्टि जनाउँदे समितिमा नरहेको घोषणा गरेका छन् । मंगलबार ढकाल र घिमिरेले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिमा नरहेको घोषणा गरेका हुन् । 

‘नेतृत्वमा स्थापित नयाँ पुस्ताका साथीहरूको क्षमतामा विश्वास गर्दै, नयाँ पुस्ताकै आँखाबाट नेविसंघ सुन्दर, सक्षम तथा समयानुकूल बनाउने सपना देख्दै, आवश्यक सहयोग, सद्भाव, सुझाव र शुभेच्छाका लागि हामी सदासर्वदा तयार नै छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसका लागि औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य सर्त छैन । अत यसै विज्ञप्तिमार्फत् नेपाल विद्यार्थी संघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ ।’


नेवि संघले पूर्णता दिँदा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएकोमा पनि उनीहरूले असन्तुष्टि जनाएका छन् । 

योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको संघारमा उभिएको उनीहरूको भनाइ छ । 
 


Author

थप समाचार
x