दल

वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा

इकागज |
साउन ३०, २०८० मंगलबार १७:१० बजे

फाइल तस्बिर

दाङ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् । दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।

'म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होस् । यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ,'  उपाध्यक्ष महराले भने ।


पूर्व सभामुख समेत रहेका महराले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारे । उनले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरूसँग कुरा गरेको दाबी गरे ।

महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरूले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिए । महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताए पनि हालसम्म प्रहरीले नबोलाएको समेत बताए ।

सुन तस्करी प्रकरणमा आफूलाई जोडेपछि उनले आज दाङमा पत्रकार सम्मेलन गरेका हुन् ।


Author

थप समाचार
x