दल

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

इकागज |
साउन ३०, २०८० मंगलबार १८:१८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलबीच भेटवार्ता भएको छ । 

अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्बिर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो । पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो । 


केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Author

थप समाचार
x