दल

उच्चस्तरीय छानबिन समिति गठन गर्न नदिएर सुनको तौल घट्यो : ओली

इकागज |
साउन ३१, २०८० बुधबार १९:५४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति गठन गर्न नदिएर सुनको तौल घटेको जिकिर गरेका छन् । 

एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् । 


उनले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए । उनले बिमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने बताए । 

उनले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको तर्क गरे । ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खाजेको बताए । उनले मुलुकको अर्थतन्त्र कमजोर भएर मुलुकको उद्योगधन्दा अप्ठेरो र बन्दा हुँदा पनि सरकारलाई कुनै चासो नरहेको धारणा राखे । 

ओलीले उद्योगीहरु अप्ठेरोमा पर्दा पनि सरकार अहयोगी र निर्मम साहूजीको रुपमा प्रस्तुत भएको टिप्प्णी गरे । 


Author

थप समाचार
x