दल

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैनः ओली

इकागज |
साउन ३१, २०८० बुधबार २१:३६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् । 

दुई मुलुकबीचको सम्बन्ध कहिलेकाहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई थियो । नेपाल–भारतमैत्री समाजले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । 


अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहो¥याए । उनले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरु भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए । अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए । 

त्यस अवसरमा अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गरे । 


 


Author

थप समाचार
x