दल

पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : राजेन्द्र लिङ्देन

इकागज |
भदौ १, २०८० शुक्रबार १६:३२ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारूढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको जिकिर गरे । उनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए ।


लिङ्देनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे । उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए । उनले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको उल्लेख गरे ।

उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए ।

अध्यक्ष लिङ्देनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताए । 

 


Author

थप समाचार
x