पूर्व केन्द्रीय सदस्य न्यौपानेको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने
काठमाडौँ– पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनको शोकमा नेपाली कांग्रेसले ३ दिन पार्टीको झण्डा झुकाउने भएको छ ।
कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीन दिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।
भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने र १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको छ ।
आज (शुक्रबार) पूर्वकेन्द्रीय सदस्य न्यौपानेको निधन भएको छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेको ७२ वर्षको उमेरमा आज मध्यबानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया