दल

संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : महेश बर्तौला

इकागज |
भदौ २, २०८० शनिबार १४:३१ बजे

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए ।


सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए । प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो ।

उनले नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने आवाज संसदमा उठाउँदै आएकोमा सरकारले त्यसमा कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नता भएको शंका उत्पन्न भएको उल्लेख गरे ।

बर्तौलाले सरकार जति लम्बिन्छ त्यति नै राष्ट्रलाई ठूलो घातक हुने दाबी गरे ।


Author

थप समाचार
x