दल

अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

इकागज |
भदौ ३, २०८० आइतबार १६:४६ बजे

काठमाडौँ- नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।​

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए ।


गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्री रहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध भएको जिकिर गरे । सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरूको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरूलाई सिआईबीले छानबिनको दायरामा ल्याउन नसकेको उल्लेख गरे ।

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजिनेस अगाडि बढाउन नसकिने बताए । 


Author

थप समाचार
x