नेकपा एसको पोलिटब्युरो बैठक काठमाडौँमा सुरु
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो । बैठकको पहिलो दिन २६ जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकको सुरुमै पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्दै गम्भीर चुनौतीको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम विकल्प भएको बताएका थिए । भ्रष्टाचार नियन्त्रणका लागि सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले बताए ।
त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोही पनि नछुटोस् भन्ने भावनाले काम गर्न आह्वान गरेको खतिवडाले जानकारी दिए ।
पोलिटब्युरो बैठक सोमबार समापन हुने उनले बताए । भाद्र ५ देखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया