दल

आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी (तस्बिरहरू)

इकागज |
भदौ ४, २०८० सोमबार ८:२१ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ ।

गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरेपछि सो गठबन्धनमा आवद्धमध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सशंकित हुँदै आएको छ  ।


साथै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बसेको हो । 

यसअघि तय भएको बैठक विभिन्न कारणले सर्दै आएको थियो । 


Author

थप समाचार
x