समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरूले बहस गर्न जरुरी छ : प्रदीप ज्ञवाली
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरूले बहस गर्न जरुरी रहेको बताएका छन् । स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदीप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे । उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएको अभिव्यक्ति, लेखहरू नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए ।
उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व थिए भनि स्मरण गरे ।
उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आदर्श र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया