दल

प्रदीप गिरी बिपीपछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

इकागज |
भदौ ४, २०८० सोमबार १६:२१ बजे

फाइल फोटो

पाटन - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् ।

स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन् । 


“उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भने । उनले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उनले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे । रासस


Author

थप समाचार
x