दल

महिला संघमा शेखर समूहको समानान्तर गतिविधि, नौ जिल्लामा तोके संयोजक

इकागज |
भदौ ४, २०८० सोमबार १७:५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल महिला संघको डा. शेखर कोइराला समूहले समानान्तर गतिविधि चलाएको छ । संघकी अध्यक्ष उषा राउतले कुनै छलफल नै नगरी विभिन्न जिल्लामा जिल्ला संयोजक मनोनयन गरेपछि शेखर समूहले समानान्तर गतिविधि चलाउँदै जिल्ला संयोजक तोकेको हो । 

आज बसेको शेखर समूहको बैठकले नौ जिल्लाका जिल्ला संयोजक तोकेको छ । यसअघि अध्यक्ष राउतले संयोजक तोकेकै जिल्लाहरूमा शेखर समूहले संयोजक तोकेको हो । उनीहरूले अध्यक्ष राउतको कार्यशैलीप्रति आपत्ति जनाएर पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएपछि समानान्तर रुपमा संगठन चलाउनु परेको बताएका छन् । 


 


Author

थप समाचार
x