मंगलबारबाट सुरु हुने एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मंगलबारबाट सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारी पूरा गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा दुई दिनसम्म बसेको पार्टीको पोलिटब्यूरो समिति बैठकले केन्द्रीय समितिको तयारी पूरा गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
वर्तमान राजनीतिक परिस्थिति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए । बैठकको समापन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफूहरूले गरेको विद्रोह औचित्यपूर्ण रहेको बताएका थिए ।
आफूहरूले विद्रोह गरेर संविधान, संघीयता र संसदको रक्षा गरेको भन्दै अध्यक्ष नेपालले अहिले पनि अग्रगमनलाई जोगाउन आफूहरूको भूमिका महत्वपूर्ण देखिएको बताएको खतिवडाले जानकारी दिए ।
खतिवडाले अहिले पार्टी नेतृत्वको बारेमा कुनै छलफल नभएको जिकिर गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया