सिंहदरबारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी
काठमाडौँ- संसदको गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी भएका छन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बिनानिष्कर्ष सकिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया