ओली अस्वस्थ भएपछि सर्वदलीय बैठक स्थगित
फाइल तस्बिर
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ भएपछि सर्वदलीय बैठक स्थगित भएको छ । मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रुप दिने सोमबारको बैठकबाट सहमति जुटेको थियो । बैठक दिउँसो २ बजेलाई तय गरिएको थियो ।
सर्वदलीय बैठक बस्न नसकेपछि मंगलबारलाई तय प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ ।
गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण अवरोध हुँदै आएको संसद् सोमबार शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज सुचारु हुने भएको थियो । तर, दलहरूबीच छलफल जारी रहेकाले संसद् बैठक भोलिसम्मका लागि सरेको हो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको थियो । यस प्रकरणमा सत्तासीन दलहरू उच्च स्तरीय छानबिन समिति बनाउन तयार भएपछि एमाले संसद् चल्न दिने सहमत भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया