दल

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

इकागज |
भदौ ५, २०८० मंगलबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् ।​ मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको जिकिर गरे । उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए ।


सरकारले तस्करहरूको संरक्षण गरिरहेको उनकाे आराेप थियाे ।​

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाए ।


Author

थप समाचार
x