संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न सकेनन् : वामदेव गौतम
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भूमिका खेल्न नसकेको बताएका हुन् । उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने जिकिर गरे । उनले संसदको अवरोध हटाउन सरकार सहयोगी हुने भए पनि सरकारले गरेन भन्ने गरिएको बताए ।
गौतमले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद् अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्न गरे । उनले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शकीय सिद्धान्त मान्नेहरूले संसद् अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्तले यही भन्छ भनि प्रश्न गरे ।
यस्तै उनले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेको प्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया