नेता रावलको व्यंग्य : सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशका लागि मुटु कलेजो भएको बताएका छन् । बिहीबार काठमाडौँमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिती नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यंग्य गरे ।
उनले भने, ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिती नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैं भनोस् । भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै, हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, रीतिरिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन्, देशको संस्कृति त्यस्तै हो । यदी कुनै देशका जनतालाई खत्तम पार्नु छ, त्यो देशको एकता सिध्याउनु छ, त्यो देशको स्वाभिमानलाई समाप्त गर्नु छ भने त्यो देशका गौरालाई समाप्त गर्नुपर्छ ।’
नेता डा. रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया