दल

गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षडयन्त्र भएको छ : ओली

इकागज |
भदौ ७, २०८० बिहीबार १८:४८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताएका छन् ।​

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । उनले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षडयन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने जिकिर गरे । उनले यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने पनि बताए ।


उनले भने, ‘यसलाई धेरै सेन्सेटीभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढंगले नेपाली समाजलाई भाँड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षडयन्त्र भइराखेको छ । यस्ता कुराहरूबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिँदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’


Author

थप समाचार
x