नेकपा एसको सदस्यता लिन फोनबाटै आवेदन दिन सकिने
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पार्टी सदस्यताको आवेदन फोनबाटै दिन सकिने भएको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सकिएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने जनाएको हो ।
पार्टीका कुनै पनि कमिटीको बैठकका निर्णय अनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कसले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था गरिने बैठकको निर्णय छ ।
पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णयसमेत बैठकले गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया