अबको एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र : कमल थापा
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र रहेकाे बताएका छन् ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए ।
राजसंस्था पुनःस्थापना गर्न आफूहरू सफल हुने र पार्टीको मुल एजेन्डा रहने भन्दै उनले यसका लागि आन्दोलनकाे घोषणा गरिएको बताए ।
कुनै दलमा विभाजन नभइ देशको स्वाभिमान रक्षाका लागि सबै एकै स्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिता पूर्वक आफ्नो एजेन्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई आग्रह समेत गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया