सरकारप्रति महन्थ ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकाहरूलाई अझै सहिद घोषणा गरिएन
फाइल तस्बिर
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरूलाई अझै सहिद घोषणा नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ मधेस आन्दोलनका क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरूलाई सहिद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराए । उनले सरकारले सो मुद्दा फिर्ता लिने गरी कानुन निर्माणको काम अघि बढाएको जानकारी दिए पनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।
कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनलाई अझै तीव्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताए । सोही अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झन्डोत्तोलन गरेर गरेका थिए । नेता, कार्यकर्ताहरूले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया