दल

नेपालले विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी छ : देउवा

इकागज |
भदौ ९, २०८० शनिबार १९:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन् ।​

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको बताएका हुन् ।


सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउँ नभएको अवस्था आउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि कांग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आफूहरूले नीतिगत रूपमै धारणा बनाएर अघि बढ्ने समेत बताए ।

सभापति देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक असरबाट बच्न बदलिँदो परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए ।


Author

थप समाचार
x