दल

कांग्रेसले टुंग्यायो चार संसदीय समितिका सभापति उम्मेदवार

इकागज |
भदौ १०, २०८० आइतबार १०:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुँदैछ । 

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।


जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँट अनुसार कांग्रेसको भागमा परेका चार वटा समितिको सभापति दिने भएको थियो । 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो । 


Author

थप समाचार
x