दल

कोशी प्रदेशमा जातीय सद्‌भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ : सांसद न्यौपाने

इकागज |
भदौ १०, २०८० आइतबार १४:४९ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्‌भाव बिथोल्ने काममा सरकार र सत्तारूढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।​

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारूढ गठबन्धनले जातीय सद्‌भावमा खलल पुर्याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भए पनि त्यसमाथि खलल पुर्याउने काम सत्तारूढ गठबन्धनबाटै हुनु मुलुकका लागि दुःखद भएको समेत बताइन् । उनले जातजातिका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताइन् ।


सांसद न्यौपानेले संविधानविपरीत गएर सत्तारूढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।


Author

थप समाचार
x