दल

देशको राष्ट्रियता खतरामा छ : झलनाथ खनाल

इकागज |
भदौ १०, २०८० आइतबार १६:५२ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको जिकिर गरे । उनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताए । उनले एमसीसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक स्ट्राटेजी भएको बताए ।


खनालले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गरे । उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको दाबी गरे । उनले ५ सय मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने चेतावनी दिए ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका खनालले अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकहरूको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गरे ।

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गरे ।

 


Author

थप समाचार
x