दल

समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुक्यो : सांसद पराजुली

इकागज |
भदौ १०, २०८० आइतबार १९:२८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताएका छन् ।​

आइतबार संसदीय समिति अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले सभापतिमा उम्मेदवारी दिनु लोकतन्त्रको अधिकतम उपयोग गरेको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको बताए ।।


उनले भने, ‘हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैं दूषित खेल मात्रै खेल्नु हुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हौँ । समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिने काममा सरकार चुकेको छ । प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरु पनि समिति राजनीतिक भागबण्डामा लिइरहेको छ, यो लोकतन्त्रमा असल अभ्यास भएन ।’

सांसद पराजुलीले राजनीतिमा सधैं दूषित खेल खेल्नु नहुने बताए ।


Author

थप समाचार
x