मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : रास्वपा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिई जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन् । उनले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरूसँग भएको जिकिर गरे । उनले प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रूपमा सरकारलाई खबरदारी गर्नुपर्नेमा अरु समितिको नेतृत्व पनि लिएर राजनीतिक भागबण्डामा लागेको आरोप लगाए ।
सांसद पराजुलीले राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट भएको प्रति असन्तुष्टि व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया