दल

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेका छन् : ओली

इकागज |
भदौ ११, २०८० सोमबार १७:५६ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरू र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताएका हुन् । अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।


मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्परिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनकाे भनाइ छ । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरूपता ल्याउन र मुलुकको हित हुने गरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले सबै दलको सहमतिमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताए ।

 


Author

थप समाचार
x