एमालेले अन्य प्रतिपक्षीको मतलब गरेन : सन्तोष परियार
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अन्य प्रतिपक्ष दलहरूलाई मतलव नै नगरी समिति सभापति लिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरूलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताए । उनले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको जिकिर गरे ।
प्रमुख सचेतक परियारले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । उनले संसदलाई प्रभावशालि र गतिशील बनाउन नभइ संकूचन गराउने प्रयास भएको उनको भनाइ छ ।
उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया