दल

ठूला राजनीतिक दलहरूले स्वर्ग भूमिलाई दूषित तुल्याए : पशुपति समशेर जबरा

इकागज |
भदौ १२, २०८० मंगलबार १९:१० बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरूले नेपालजस्तो स्वर्ग भूमिलाई दूषित बनाएको बताएका छन् ।​

मंगलबार काठमाडौँमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूला राजनीतिक दलहरूले नेपाल जस्तो पुण्य भूमिलाई दूषित गरेको जिकिर गरे । उनले जति दूषित, घुसखोरी, भ्रष्टाचार गरे पनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे ।


जबराले नेपालमा अपार जलश्रोतको सम्भावना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताए । उनले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरूलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताए । उनले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताए ।

 

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरूले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गरेको उल्लेख गरे ।

 


Author

थप समाचार
x