दल

एमालेले सचिवालय बैठक सिरहा नै राख्नुको कारण किन ?

इकागज |
भदौ १३, २०८० बुधबार ७:३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुँदैछ । 

धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो । 


गत भदौ ९ बाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो ।

‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेबाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशासन विभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन् ।

एमालेले सो स्थानलाई 'कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल" मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेशन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेशनबाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएको थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेशनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतविरुद्ध वाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीबाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’

उनका अनुसार उक्त महाधिवेशनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रीय कमिटी निमार्ण गरेको थियो ।    


Author

थप समाचार
x