दल

एमसीसी कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

इकागज |
भदौ १३, २०८० बुधबार १९:२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्विकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । 

एमसीसी परियोजना कार्यान्वयन विरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् । 


उनले एमसीसी आयोजना बिकास नभएको र नेपाली सार्वभौमिकताको विनास भएको र साम्राज्यवादको अतिक्रमण भएकाले अस्वीकार गरिएको धारणा राखे । उनले सरकारलाइ उचालेको भरले एमसीसी अघि बढाउन खोजे जनताले प्रतिकार गर्ने जिकिर गरे । विप्लवले सरकारले साच्चिकै बिकास चाहे प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पार्नुपर्ने उल्लेख गरे । 

मुलुकको बामपन्थी समाजवादीहरुलाई सखाप पार्ने नियतका साथ अमेरिकाले नेपालमा एमसीसी लाद्न खोजेको उनको भनाइ छ ।


Author

थप समाचार
x