सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैनः सभापति लामिछाने
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत् छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले राज्यले मुलुकभित्र निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताए । उनले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताए । उनले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरूको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताए । सभापति लामिछानेले नीतिले संरक्षण गर्यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताए । उनले व्यापार व्यवसाय र उद्योगी व्यवसायीहरूलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुक माथि उठ्न नसकेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य नपर्ने बताए । उनले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताए । उनले पछिल्लो समय मारवाडी व्यवसायीक समूहलाई लिएर अपमान जनक टिप्पणीहरू भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे । उनले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गरे । उनले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरूलाई अपमानित गर्ने, निरूत्साहित गर्ने काम नगर्न नहुने बताए ।
उनले भने , ‘ कुनै पनि व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरूको संरक्षण कुनै पनि राजनीतिक दलको नेताले गर्ने होइन । नीतिले गर्ने हो । नीतिले संरक्षण गर्यो भने निजी क्षेत्र समृद्ध हुन्छ । नेताले गरेको संरक्षण यस्तै हुन्छ । निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार छ । पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य पारिने छैन । अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर हुनेवाला केही छैन । अर्थतन्त्र माथि उकास्ने भन्दा बाहेकका कुरा गर्नु बेकार हो । निजी क्षेत्रलाई दुरुत्साहित गर्ने अपमानित गर्ने जुन कुराहरू भइरहेका छन् । त्यसको हामी भर्त्सना गर्छौैं । पछिल्लो समय मारवाडी व्यवसायीक समुहलाई लिएर अपमान जनक टिप्पणीहरू भएका छन् । जुनसुकै समुदायको मानिस होस् । गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गरोस् । संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरूलाई अपमानित गर्ने,उनीहरूलाई निरूत्साहित गर्ने काम नगर्न आग्रह गर्दछु । व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन । कसैले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन । अबौँ लगानी गरेर रोजगारी सिर्जना गर्ने देखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौती धेरै छन् ।’
सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिवद्ध रहेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया