‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान शनिबारबाट सुरु
काठमाडौँ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान शनिबारबाट सुरु हुँदैछ ।
२०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर सुरु गर्न लागिएको अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने माओवादी केन्द्रका प्रचार विभाग प्रमुख अग्नि सापकोटाले जानकारी दिए ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानका क्रममा माओवादी जनताको घरघरमा जाने र आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुने बताए ।
त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणालाई सार्वभौम सम्पन्न संसदले पास गरेको भन्दै सम्झौताको अंग बन्नुपर्ने जिकिर गरे । एमसीसीमा व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएमात्रै सहज कार्यान्वयन हुने उनको भनाइ छ ।
सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए ।
त्यस्तै उनले अहिले गठबन्धनमा कुनै समस्या नआएको धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया