चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणका बेला कुरा गर्नुहुन्छ : प्रवक्ता सापकोटा
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नी सापकोटाले चीनले नेपालको नयाँ नक्सा नसमेटेर जारी गरेको विश्व नक्साका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीन भ्रमणका बेला कुराकानी गर्ने बताएका छन् । माओवादी केन्द्रको भोलिदेखि देशव्यापी रूपमा सुरु हुन गइरहेको विशेष अभियानका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले प्रधानमन्त्रीले चीन भ्रमणमा यस विषयमा कुरा गर्ने बताएका हुन् ।
‘चीनले जारी गरेको नयाँ नक्साको सन्दर्भमा किन त्यस्तो भयो ? यति महत्वपूर्ण विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ उनले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यति बेला यस विषयमा कुराकानी हुन्छ । यसमा सरकार प्रष्ट हुँदै जनतालाई प्रष्ट पार्नुपर्छ ।’
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर २०७७ जेठमा चुच्चे नक्सा सार्वजनिक गरेको थियो । तर, चीनले केही दिनअघि जारी गरेको आफ्नो मुलुकसहित विश्व नक्सामा नेपालको नयाँ नक्सा समेटेको छैन । यसलाई लिएर चौतर्फी विरोध भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया