दल

एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

इकागज |
भदौ १५, २०८० शुक्रबार १७:५८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य नहुने बताएका छन् ।

शुक्रबार विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा खनालले खुल्ला रूपमा अमेरिकाले गर्ने सहयोग लिन कुनै समस्या नहुने तर एमसीसीका नाममा देशको स्वाभिमान, स्वतन्त्रताविरुद्ध कुनै सर्तहरू मान्य नहुने बताएका हुन् । उनले एमसीसी सम्झौतामा दर्जनौं असमान सर्तहरू रहेको जिकिर गरे ।


एमसीसीको व्याख्यात्मक घोषणा दलहरूको लाज ढाक्ने ठाउँ मात्रै रहेको र यसको कुनै कानुनी हैसियत नरहेको उनको भनाइ छ ।

त्यस्तै खनालले अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रविन्दु चीन घेर्ने भएकाले त्यसका लागि नेपाललाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाएको तर्क गरे ।


Author

थप समाचार
x