एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरूका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको जिकिर गरे ।
नेपालले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आबद्ध पार्टीका सबैलाई आग्रह गरे । उनले आपसमा खुट्टा नतानि काम गर्न निर्देशन दिए । काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उनको आग्रह छ ।
अध्यक्ष नेपालले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरू पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । विद्यार्थीहरूलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया