एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ : नेता पुन
लुम्बिनी - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन् ।
माओवादी केन्द्रले देशव्यापीरूपमा सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज बुटवलमा उद्घाटन गर्दै नेता पुनले पार्टीको सङ्गठन निर्माण र जनताका काम सँगसँगै गर्नुपर्ने बताए । उनले माओवादी केन्द्र देशमा एउटै वामपन्थी पार्टी बनाउने अभियानअन्तर्गत समाजवादी मोर्चा निर्माण गरिएको बताए ।
उनले नयाँ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेन्डा स्थापित भइसकेको बताउँदै पार्टीमा रहेका कमी–कमजोरी औँल्याउँदै सबै अट्ने माओवादी बनाउन देशभर जनतासँग माओवादी अभियान चलाइएको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया