दल

'वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि सरकाले विशेष आयोग गठन गर्नुपर्छ'

इकागज |
भदौ १८, २०८० सोमबार १७:१० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरब र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले उनीहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।


अध्यक्ष लिङ्देनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदूतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सरकारले बिचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरूको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाए ।

अध्यक्ष लिङ्देनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरूको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।


Author

थप समाचार
x