दल

प्रधानमन्त्रीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरामा विशेष पहल हुनुपर्छ : सांसद पन्त

इकागज |
भदौ २१, २०८० बिहीबार १४:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताएका छन् ।​

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् । सांसद पन्तले जलाशययुक्त विद्युत् आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । उनले ट्रान्समिसन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए ।


सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशययुक्त आयोजनाहरूको निर्माणमा ध्यान दिनुपर्ने बताए ।

 


Author

थप समाचार
x