दल

राप्रपा एकताबद्ध छः पशुपति समशेर जबरा

इकागज |
भदौ २१, २०८० बिहीबार १७:५१ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन् । 

बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन् । उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए । 


उनले भने, – ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’

उनले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गरे । आक्रमणकारी अपराधी भएको उनको भनाई छ ।  

 


Author

थप समाचार
x