अस्पतालमा राजनीतिक भागबन्डामा नियुक्ति गर्नु हुँदैन : सांसद कार्की
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति गर्नु नहुने बताएकी छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कार्कीले अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताएकी हुन् । मन्त्री नयाँ आएपिच्छे निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उनको भनाइ छ ।
उनले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भए पनि चिकित्सकहरूलाई मात्रै दोषारोपण गर्ने गरिएको उनले बताइन् ।
कार्कीले काठमाडौँजस्तो केन्द्रमा रहेको कान्ति बाल अस्पतालमा बालिकाले उपचार नपाएर मर्नुपर्ने अवस्था आउनु लज्जास्पद र दुःखदायी कुरा भएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया