दल

संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई लागू हुने गरी सदनबाट पारित गर्नुपर्छ : कोइराला

इकागज |
भदौ २१, २०८० बिहीबार १९:११ बजे

काठमाडाैँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई लागू हुने गरी सदनबाट पारित गर्नुपर्ने बताएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अन्तिम रूप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन् ।


कानुन बनाउँदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानुन लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानवअधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानुन अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बढाउनुपर्ने धारणा राखे । 

त्यस्तै उनले कांग्रेस नेता महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको बताए ।


Author

थप समाचार
x