दल

सहमहामन्त्री यादवमाथि भएकाे आक्रमणलाई लिएर तरुण दलले माग्याे गृहमन्त्री राजीनामा

इकागज |
भदौ २२, २०८० शुक्रबार १५:४२ बजे

काठमाडाैँ– नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल तरुण दलले काठमाडौँमा विरोध र्याली निकालेको छ । 

राज्यले सुरक्षाको प्रत्याभूति नगर्दा आफ्ना नेतामाथि आक्रमण भएको र आक्रमण गर्नलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै तरुण दलले शुक्रबार काठमाडौँमा विरोध र्याली आयोजना गरेको हो ।


काठमाडौँको रत्नपार्कबाट सुरु भएको र्याली जमल घण्टाघर हुँदै पुन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले सुरक्षा प्रदान गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

साथै उनीहरूले शान्ति सुरक्षा कायम गर, अपराधीलाई कडा कारबाही गर, हत्या हिंसा बन्द गर, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए । तरुण दलका केन्द्रीय सदस्य दिनेश राईले अराजक तत्वहरूले नेताहरूमाथि आक्रमण हुँदा पनि शान्ति सुरक्षा कायम हुन नसकेकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको बताए । 

बुधबार नेता यादवलाई रिपोर्टस् क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो ।


Author

थप समाचार
x