दल

कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको छ : प्रदीप ज्ञवाली

इकागज |
भदौ २४, २०८० आइतबार १४:५६ बजे

फाइल फोटो

काठमाडौँ  - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन सम्वाद भइरहेको बताएका छन् । 

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस भन्ने एमालेको चाहना रहेको भन्दै सम्बाद भइरहेको बताएका हुन् । 


अहिले प्रारम्भिक चरणको छलफलमा केहि संकेत प्राप्त नभएपनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ । ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे । 

कोशीमा मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x