बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन्ः ओली
फाइल फोटो
काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
ठूलो पुँजीपतिहरूलाई खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आईतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए ।
ओलीले भने, ‘बैंकहरूले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दै पुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिबका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय सुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गरए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया