दल

नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित

इकागज |
भदौ २६, २०८० मंगलबार १२:१९ बजे

काठमाडौँ– संविधान सभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेसले बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । 

बीपी साहित्य महोत्सव तयारी समितिको बैठक पार्टीका सहमहामन्त्री एवं तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । 


‘संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष, सालिन र सुयोग्य राजनीतिज्ञ सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ,’ कांग्रेस बैठको निर्णयमा लेखिएको छ, ‘बैठकले उहाँको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।’

बैठकमा स्व नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरेको थियो ।
 


Author

थप समाचार
x